चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष शाही पक्राउ

cp new add
Nisharg hospital
suchana

दैलेखको भैरवी गाउँपालिका की अध्यक्ष रिताकुमारी शाही चेक अनादर (बैंकिङ कसुर) मुद्दामा पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार शाहीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। शाहीलाई वैशाख २५ गतेसम्म म्याद थप गरिएको प्रहरीको भनाइ छ।

शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट भैरवी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...