कञ्चनपुरको सीमावर्ती क्षेत्रमा तस्करी, ३ नेपाली महिला भारतीय एसएसबीको नियन्त्रणमा

cp new add
Nisharg hospital

बेलौरी । कञ्चनपुर–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सामान भित्र्याउने क्रममा तीन नेपाली महिलालाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पक्राउ गरेको छ।

Nast Ad

भारतको ४९औँ वाहिनी एसएसबी पिलिभित अन्तर्गतको बी कम्पनी बसही र सीमा चौकी आजादनगरको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ७६८र३८ नजिक भारतीय क्षेत्रबाट करिब १ लाख ३३ हजार ४ सय भारतीय रुपैयाँ बराबरका सामानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पुर्नवास नगरपालिका निवासी रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्।

एसएसबीका अनुसार उनीहरूको साथबाट विभिन्न प्रकारका कीटनाशक विषादी, १५ किलोग्राम फलामे जाली ९आइरन नेट० तथा तस्करीमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको छ।

बरामद मोटरसाइकलसहित सामानको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० भारतीय रुपैयाँ रहेको बताइएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान र मुद्दा थप कारबाहीका लागि पलिया भन्सार कार्यालय मा बुझाइएको एसएसबीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...