५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

cp new add
Nisharg hospital

रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा ( लालपुर्जा ) प्राप्त गरेका छन्।

Nast Ad

वि.सं. २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कायम भएका ३२४ दर्तामध्ये शुक्रबार २७१ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो। दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको छ। साथै, अब जग्गाको किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।

स्थानीयले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नै नाममा लालपुर्जा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...