
धनगढी । कञ्चनपुरमा एक युवकले प्रेम सम्बन्धमा रहेकी युवतीलाई घरमै ल्याएपछि हंगामा मच्चिएको छ । महेन्द्रनगरस्थित बसपार्क नजिकै एक युुवकले विवाह गर्ने योजनासहित प्रेम सम्बन्धमा रहेकी युवतीलाई घर पुगाएका थिए ।
परिवारलाई पूर्व जानकारी नदिएरै प्रेमिका घर ल्याएपछि आइतबार दिउँसो उनको परिवारमा वादविवाद चुुलियो । युवकको आमाले विवाह गर्ने योजनाअनुसार घर पुगाएकी युवतीबारे असहमति राखेपछि उनीहरुबीच झगडा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार छोराले आमामाथि कुटपिटमा उत्रिने अवस्था बनेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । पारिवारीक विवादको विषय छताछुल्ल भएपछि उनको घर अगाडि आइतबार दिउँसो रमिता हेर्नेहरुको राम्रै भीड लागेको थियो ।
भीड जम्मा हुन थालेपछि प्रहरीले प्रेमिप्रेमिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगेको छ । प्रहरीकाअनुसार उनीहरु दुुवै जना विगतदेखि नै प्रेम सम्बन्धमा रहेको बताइरहेका छन् भने परिवारको स्वीकृती भए विवाह गर्ने पक्षमा छन् । यद्यपी उनीहरुमाथि थप सोधपुछ गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

