
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको बुधबार ९आज० बसेको कार्यपालिका बैठकले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँ सरकारका प्रबक्ता मिथुन गौतमले जानकारी दिए ।
‘बाढी पीडितका लागि हामीले ५ लाख ५१ हजार प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गर्ने निर्णय गरेका छौ । यस्तै बाढीमा परेका हाम्रो पालिकाका नागरिकको हकमा जनही १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौ ।’ प्रवक्ता गौतमले भने ।
उनका अनुसार हाल सम्म बर्दगोरियाका २ जना नागरिकको बेत्ता भएको पुष्टि भएको छ भने उनीहरूको खोजीकार्य जारी रहेको छ । बाढीका कारण ठूलो क्षति व्यहोरेका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ

