कैलालीमा सशस्त्रद्धारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद, वेवारिसे भेटिएको दाबी

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईयाफाँटाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७ स्थित पुरानो भुईयाफाँटा तिनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र १ किलो ५० ग्राम चरेस बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा उक्त हतियार र लागुऔषध फेला परेको थियो।

बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ २० गते सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...