डडेल्धुरा अस्पतालसहित तीन स्वास्थ्य संस्थामा नयाँ नेतृत्व

cp new add
Nisharg hospital

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति, भेरी अस्पताल विकास समिति र डडेल्धुरा अस्पताल विकास समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।

मन्त्रालयको निर्णयअनुसार सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त भएका छन्। थापाको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, भेरी अस्पताल विकास समितिको अध्यक्ष पदमा लक्ष्मण सिग्देल नियुक्त भएका छन्। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो। विज्ञ टोलीले अन्तर्वार्तामा उपस्थित १० उम्मेदवारको मूल्याङ्कन गरी सिग्देललाई सिफारिस गरेपछि मन्त्रालयले उनलाई नियुक्त गरेको हो।

यसैगरी, डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...