byd
care tekar

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुसन्धानमा राज्यका निकायलाई पनि सघाउने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।

sanjiwan
Nisharg

पार्टीले सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog

पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील छन् ।

HAMRO DAIRY
Nav

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि जनाएको छ ।

सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने विज्ञप्तिमा उल्लेख छ । सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ ।

खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...