byd
care tekar

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) बाट जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

sanjiwan
Nisharg

प्रतिस्पर्धा ४ जनालाई पछि पार्दै शाही निर्वाचित भएका हुन् । कांग्रेसको कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गरेको निर्वाचन पोर्टलमा उल्लेख छ । ।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

उनका प्रतिस्पर्धीहरू जनकराज गिरी, नारायणप्रसाद भट्टराई राजन कुँवर र रामबहादुर विष्टलाई धेरै नै मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गिरीको १ हजार ३७० मत मात्रै ल्याउन सकेको पनि पोटलमा उल्लेख छ । तर, निर्वाचन समितिले आधिकारिक घोषणा गरिसकेको छैन ।

HAMRO DAIRY

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले मतगणना सकिएको र मत यकिन गर्ने काम भइरहेको जानकारी दिए ।

शाही २०७८ मा सम्पन्न १४ औं महाधिवेशनमा सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) बाट नै उम्मेदवार बनेका थिए । त्यो बेला शाही बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए । दोस्रो पटकको प्रयासमा शाही सहमहामन्त्रीको कुर्सीमा पुग्न सफल भएका हुन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...