


धनगढी । कैलालीको टीकापुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।



टीकापुर नगरपालिका–१ निवासी १९ वर्षीय निशान शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।




इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शाहीको घर तलासी गर्दा १ ग्राम ६ सय १० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।

पक्राउ परेका शाहीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






