press
po

बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

बझाङ । बझाङमा भिरबाट लडेर वडाध्यक्षकाे मृत्यु भएको छ ।
जिल्लाकाे बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको हाे ।

sanjiwan
Nisharg

गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले बताए। गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको जोशीले जानकारी दिए।

HAMRO DAIRY

जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए।

मृतक जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्। लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित जोशीको निधनले स्थानीय शोकमा परेका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...