


धनगढी । कैलालीमा सवारी ज्यान मुद्दामा ४ वर्ष कैद सजाय र ४२ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ निवासी ३५ वर्षीय रामकृष्ण चौधरी रहेका छन्।



जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा ४ वर्ष कैद सजाय र ४२ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका चौधरीलाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।





प्रहरीले फैसला कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरेको जनाएको छ।






