press
po

एनपीएल: आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल बेलुकी ५ बजे सुरु हुनेछ।

sanjiwan
Nisharg
Nav

यस संस्करणमा दुई खेल खेलिसकेको जनकपुरले एक जित र एक हारसहित २ अङ्क जोडेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। अर्कोतर्फ, पोखरा एभेन्जर्सले भने आफ्नो पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेकाले टोली जितको खोजिमा मैदान उत्रिनेछ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

एनपीएलका अघिल्ला दुई संस्करणको इतिहास हेर्दा जनकपुर र पोखराबिचको भिडन्त बराबरीको अवस्थामा देखिन्छ। पहिलो संस्करणमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएर बदला लिएको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै दुवै टोली एकअर्काविरुद्धको नतिजामा अग्रता बनाउने र अङ्क तालिकामा स्थिति सुधार गर्ने होडमा रहनेछन्।

HAMRO DAIRY

यसअघि शनिबार भएका खेलहरूमा वर्षाका कारण प्रभावित पहिलो खेल स्थगित भएपछि लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाजले समान १–१ अङ्क बाँडेका थिए भने ५ ओभरमा छोट्याइएको दोस्रो खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...