press
po

कैलाली, कञ्चनपुर र बैतडीबाट ५ लाख बढीका अवैध सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।

sanjiwan
Nisharg

शुक्रबार कैलालीका विभिन्न स्थानबाट पटका, बोइलर कुखुरालगायत ७४ हजार ५० रुपैयाँ बराबरका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट चिनी, मिश्री, मिठाई, नरिवल, कपडा, पटकालगायत ४ लाख ४० हजार ५५० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

HAMRO DAIRY

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–६ कालिबगरबाट २० हजार रुपैयाँ बराबरको बिडी बरामद गरिएको छ।

प्रहरीका अनुसार तीन जिल्लाबाट गरी कुल ५ लाख ३४ हजार ६०० रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...