
७ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका बिरबहादुर बलायर विजयी भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजीत गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ ।
डोटीका बलायरलाई गठबन्धनको भागबण्डाका क्रममा कांग्रेसले कैलाली ल्याएर उम्मेदवार बनाएको थियो । डोटीमा भने कांग्रेस र माओवादीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आलेलाई उम्मेदवार बनाइएको छ ।

