प्रदेशको कृषि कार्यक्रमबाट एक वर्षमा ६ सय मेट्रिकटन फलफुल उत्पादन

cp new add
Nisharg hospital

२७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको फलफुल उत्पादन कार्यक्रमबाट ६ सय मेट्रिकटन फलफुल उत्पादन भएको छ । एक वर्षमा ६ सय मेट्रिकटन फलफुल उत्पादन भएको प्रदेश सरकारको दाबी छ ।

Nast Ad

मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम सञ्चालन भएसँगै गत आर्थिक वर्ष २०७९÷८९ मा उक्त परिणाममा फलफुल उत्पादन भएको देखाइएको हो ।

मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास र बालीका चाक्लाबन्दी कार्यक्रमबाट १८ हजार ५ सय मेट्रिकटन आलु, ४२ हजार ५ सय मेट्रिकटन ताजा तरकारी तथा १६ मेट्रिकटन मासु उत्पादन भएको उल्लेख गरिएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेका कृषि कार्यक्रमबाट १५ प्रतिशत हिउँदेबाली उत्पादनमा वृद्धि भएको देखाइएको छ । कैलाली र कञ्चनपुरमा दुई हजार हेक्टरमा केराखेती विस्तार भएर ७० प्रतिशत आन्तरिक माग पुरा भएको बताइएको छ ।

तर अहिले पनि भारतबाट ठुलो परिणाममा केरा आयात हुँदै आएको छ। कृषि कर्जा, व्याज, विद्युत, भन्सार महसुलमा अनुदान कार्यक्रम मार्फत एक सय ४५ जना लाभान्वित भएको प्रदेश सरकारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...