एमाले र माओवादीले मुख्यमन्त्रीलाई दियो मन्त्री बन्ने सांसदको नाम

spa1
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।

एमालेले प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल, बिरबहादुर थापा र हिरा सार्कीलाई मन्त्रीका रुपमा सरकार पठाउने भन्दै मुख्यमन्त्रीलाई नाम बुझाएको छ ।

kailali model
swostik

यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

adv khaptad

प्रदेश प्रमुखको कार्यालयकाअनुसार सोडारीले साँझ ५ बजे सपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् ।

प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...