![Seti](https://presspatra.com/wp-content/uploads/2025/01/seti.jpg)
![arth ok](https://presspatra.com/wp-content/uploads/2025/01/artha.jpg)
१० असोज, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।
![Nisharg hospital](https://presspatra.com/wp-content/uploads/2023/08/unnamed.gif)
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो ।
छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्ने बताईएको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकाभित्र र बाहिरका सरकारी अस्पतालहरु, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर यही असोज ९ गते भएको मन्त्रीस्तरको निर्णय कार्यान्वयन गर्न भनेको छ ।
![HPV](https://presspatra.com/wp-content/uploads/2025/01/samajik-mantralaye.jpg)
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेकोमा नेपाल सरकार, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिरा केसीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
![Navjiwan hospital adv](https://presspatra.com/wp-content/uploads/2023/08/nav_0.gif)