आयुर्वेद चिकित्सालयले आयोजना गरेको शिविरमा पहिलो दिन १२५ जनाले लिए सेवा

Nisharg hospital

१२ असोज, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा मङ्गलबारदेखि सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा पहिलो दिन १२५ जनाले सेवा लिएका छन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा निःशुल्क शिविर सञ्चालन भएको हो ।
शिविरमा ओपीडी सेवासमेत सञ्चालन भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए ।

उनका अनुसार शिविरमा निःशल्क ल्याब सेवा, निःशुल्क औषधी वितरण र योग परामर्श सेवा प्रदान भइरहेको छ । शिविर १४ गतेसम्म सञ्चालन हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...