बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते

Kailali hospital
Nisharg hospital

१३ असोज, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका–११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जीप दुर्घटना भएको हो ।

Navjiwan hospital adv

दुर्घटनामा परि जीप चालक सुर्नया गाउँपालिका ३ का ३४ वर्षीय पृथ्वी भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ । जीपमा चालक मात्र सवार थिए । जीप सडकबाट करिब ३० मिटर तल खसेको छ ।

याे पनि हेर्नुस्
Loading...