१३ असोज, धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको हो ।
जयकला खत्री जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् ।
यस घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।