स्याउ ल्याउदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Nisharg hospital

१३ असोज, जुम्ला । जुम्लामा स्याउ बोकेर ल्याउदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो ।

Dhangadhi suchana

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उनको टाउकोमा चोट लागेको छ । हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको हो । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...