बझाङमा वडा सचिवले कार्यकक्षमै चुरोट तानेको तस्बिर भाइरल, झुठो भएको दाबी

Nisharg hospital

१३ असोज, धनगढी । बझाङमा एक जना वडा सचिवले कार्यकक्षमै चुरोट तानेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । जयपृथ्वी नगरपालिका–१ का वडा सचिव अजयबहादुर सिंहले कार्यकक्षमै चुरोट तानेको तस्बिर फेसबुकमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

Navjiwan hospital adv

वडा सचिव सिंहले पनि उक्त तस्बिर आफ्नै भएको स्वीकार गरेका छन् । तर कार्यकक्ष नभएर आफू बस्ने कोठा भएको दाबी उनको छ । ‘इनटरनेटले कार्यकक्षमा काम नगर्ने भएकाले कुनै कागजपत्र प्रिन्ट गर्नुपरेमा आफ्नै कोठामा प्रिन्टर राखेले त्यही जाने गर्छु,’ सिंहले प्रेसपत्रसँग भने, ‘त्यो दिन पनि कागजपत्र प्रिन्ट गर्न कोठामा गएका बेलाको फोटो हो । तर फेसबुकमा कार्यकक्षमै भनेर झुठो प्रचार गरिएको छ ।’

उनले ठट्टा गरेर भतिजाले त्यो दिन फोटो खिचेको बताउँदै भतिजा मार्फत नै अरुलाई पठाइएको जनाएका छन् । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर प्रसाद जोशीले सार्वजनिक स्थानमा धुम्रपान गर्न नहुने कुराको ख्याल नगरेकाले वडा सचिवले माफी माग्नुपर्ने बताए ।

याे पनि हेर्नुस्
Loading...