धनगढीमा अपांगता मैत्री यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण सम्पन्न

cp new add
Nisharg hospital

१३ असोज, धनगढी । धनगढीमा अपांगता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शारीरीक अपाङ्गता भएका व्यक्तिहरुको मनोबल र आत्मबल बढाउने उद्देश्यले बिहीबार धनगढीको आस्था होटलमा नेत्रहीन युवा संघको आयोजनामा कार्यक्रमको गरिएको हो ।

Telecome

युुुएसआईडीसहितका विभिन्न गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शारीरीक अपांगता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

समान्य मानिस जस्तै शारीरीक अपांगता भएका व्यक्तिलाई समेत सम्मान पूर्वक बाच्न पाउने हक भएकाले त्यसको सुनिश्चितता गर्नुपर्ने कार्यक्रमका सहभागीहरुको भनाई थियो । कार्यक्रममा अपांगता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिकामा राखिएका प्रावधानबारे समेत जानकारी दिइएको थियो ।

कार्यक्रमका सभापति समेत रहेका नेत्रहीन युवा संघका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले शारीरीक अपांगता भएको व्यक्तिको सबै क्षेत्रमा समान सहभागीता हुनुपर्ने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...