धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिदा ४ जना घाइते

spa1
Nisharg hospital

१३ असोज, धनगढी । धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिदा चार जना घाइते भएका छन् ।

शरीदगेट–क्याम्पस गेट रोड अन्तरगत धनगढी उपमहानगरपालिका–५ कर्भडहल नजिकै स्कारपियोले ठक्कर दिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

kailali model
swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले से १ प२०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९ प ९६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएको जानकारी दिए ।

adv khaptad

उनकाअनुसार स्कारपियोले साइकललाई समेत ठक्कर दिएपछि साइकलमा सवार व्यक्ति पनि घाइते छन् । घाइते हुनेमा मोटरसाइकल चालक ३२ वर्षीय खेम बहादुर राई, श्रीमती पुष्पा राई र ११ वर्षकी छोरी रेविका राई छन् ।  पदमराज पनेरु पनि घाइते छन् ।

उनीहरुको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ। कार चलाउने चालक र गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...