१५ असोज, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा राम जानकी मन्दिर निर्माण समिति गठन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १६ रत्नटोलमा १३ सदस्यीय राम जानकी मन्दिर निर्माण समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा दीपेन्द्रबहादुर विष्ट, उपाध्यक्षमा गणेशबहादुर चन्द, सचिवमा रमेशबहादुर चन्द, सहसचिवमा राजेन्द्रबहादुर चन्द, कोषाध्यक्षमा जनकप्रसाद जोशी र सहकोषाध्यक्षमा जगदीश जोशी चयन भएका छन् । सदस्यहरुमा दामोदर अवस्थी, रामचन्द्र चटौत, रामचन्द्र धानुक, मुन्सि डगौरा, काशिराम नेगी, चक्रबहादुर नेगी र सरिता पार्की रहेका छन् ।
समितिको पहिलो बैठकले तीन सदस्यीय विधान निर्माण समिति पनि चयन गरेको छ । विधान निर्माण समिति संयोजकमा दामोदर अवस्थी, सदस्यमा जगदीश जोशी र काशिराम नेगी रहेका छन् ।
मन्दिर निर्माणका लागि आवश्यक जग्गा भीमदत्त–१६ कै नेपाली सेनाका सेवानिवृत्त जर्नेल समशेर ठकुराठी र नेपाल प्रहरीका सेवानिवृत्त एआईजी दीपेन्द्रबहादुर विष्टले उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।
उक्त वडाका अध्यक्ष केशव सिंह विष्टको अध्यक्षतामा भएको भेलाबाट समिति गठन गरिएको हो ।