बैतडीको निङ्गलाशैनीे भगवती मन्दिरमा जात्रा सुरु

Nisharg hospital

१६ असोज, बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाडौंमा रहेको उक्त मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो ।

निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा विषेश पूजाआजासहित जात्रा सुरु भएको बताए । हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोकाको बली दिने चलन रही आएको छ ।

महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपश्चिमकै सबैभन्दा बढी पशुको बली यहाँ नै दिइन्छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेका छन् ।

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्न देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा समेत गरिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...