कमल खत्रीले कसे गायिका मेलिना मैनालीसँग बिहेको लगन गाँठो

Nisharg hospital

१६ असोज, काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।

Navjiwan hospital adv

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत बताएका छन् ।
‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं ।

सबैमा विजया दशमीको शुभकामना,’भन्दै कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।
कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी थिईन ।

याे पनि हेर्नुस्
Loading...