१६ असोज, धनगढी । धनगढीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा चालक घाइते भएका छन् ।
मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत पूर्वार पेट्रोल पप्प नजिकै से ५ प ६८३४ र से ३ प९६६९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा गोदावरी नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन दमाइ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दमाइको अवस्था मध्यम छ । टाउको र हाटखुट्टाका चोट लागेका उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
से ३ प९६६९ नम्बरको मोटरसाइकलका चालक रहेका दमाइ अत्तरियाबाट धनगढीतर्फ आइरहेका थिए भने धनगढी ३ बस्ने चालक पानलाल शाह से ५ प ६८३४ नम्बरको मोटरसाइकलले रोड क्रस गरिरहेका थिए ।
सोही क्रममा उनीहरु एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।