वर्षाले पाटनको सिगास आधरभूत विद्यालयको ३ कोठे भवन भत्कियो

kmc

२२ असोज, पाटन । वर्षाले बैतडीको पाटन नगरपालिका–३ को सिगास आधरभूत विद्यालयको भवन भत्काएको छ । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण जीर्ण बनेको विद्यालयको तीन कोठे भवन भत्किएको विद्यालय प्रशासनले जनाएको छ ।

suklaphata

प्रधानाध्यापक सुरेन्द्र विष्टले पूरानो भएर जीर्ण भइसकेको भवन लगातारको वर्षापछि शुक्रबार राति भत्किएको जानकारी दिए । उनकाअनुसार भवन भत्किएपछि उक्त कोठामा भण्डारण गरेर राखिएका सामानमा समेत क्षति पुगेको छ भने विद्यार्थीको पठनपाठनमा समस्या हुने भएको छ ।

विद्यालय प्रशासनले वर्षाले भत्किएको भवन मर्मत सम्भारका लागि सहयोग गरिदिन वडा नम्बर ३ को कार्यालय र पाटन नगरपालिकासँग आग्रह गरेको छ ।

पाटन नगरपालिका–३ को बुङडास्थित सिगास प्राथमिक विद्यालयको एक कोठे भवन भने पाँच वर्ष अघि भत्किएको थियो । उक्त भवनको समेत अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...