प्रधानमन्त्रीको उम्मेदवारी कायम रहने मुख्य निर्वाचन अधिकृतको निर्णय

Nisharg hospital
Airth Mantralaye

२५ असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीलाई लिएर परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बदर गर्न अस्वीकार गरेका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाको नागरिकता र मतदाता परिचयपत्रमा जन्म मिति फरक–फरक रहेको भन्दै परेको उजुरीमाथि सुनवाइ गर्दै वाग्लेले निवेदकको माग बमोजिम उम्मेदवारी बदर गर्नु नपर्ने निर्णय गरेका हुन् ।

Dhangadhi bidhut

मुख्य निर्वाचन अधिकृत वाग्लेले निवेदकको उजुरी कानूनसम्मत नदेखिएको र जिकिर समेत नपुग्ने भएकाले उम्मेदवारी सदर गर्ने निर्णय गरिएको जानकारी दिए । ‘नागरिकताकै आधारमा मतदाता परिचय पत्र बन्ने भएकाले कानूनले नै अंक तलमाथि परेको अवस्थामा समान्य भुलचुक मान्ने कुरा स्पष्ट बोलेकाले प्रधानमन्त्रीको उम्मेदवार बदर नहुने निर्णय गरिएको हो,’ निर्वाचन अधिकृत वाग्लेले भने ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस(बिपी) बाट उम्मेदवारी दिएका कर्णबहादुर मल्लले देउवाको जन्म मितिलाई लिएर उम्मेदवारी बदर गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । उनले नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेकाले उम्मेदवारी बदर गर्न माग गरेका थिए ।

उनको उजुरीपछि निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग जवाफ मागेको थियो । देउवाले पत्नी आरजु राणमार्फत मंगलबार लिखित जवाफ समेत पेश गरेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...