कैलाली–५ मा जन्म कैदको फैसला सुनाइएका चौधरीको उम्मेदवारी बदर

Nisharg hospital

२५ असोज, धनगढी । उच्च अदालत दिपायलले जन्म कैदकाे फैसला सुनाएका नागरिक उन्मुक्ती पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी बदर भएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका चौधरीको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै उनको उम्मेदवारी बदर हुने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले चाैधरीलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएकाे र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदकाे सजाय ताेकेकाले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतकको कार्यालयले चौधरीलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो ।
नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण चौधरीलाई उच्च अदालत दिपायलले २ पुष २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो ।

त्यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका चौधरीलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि चौधरी फरारको सूचीमा छन् ।

२३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ती पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...