बैतडीमा नेपाली कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए

Nisharg hospital

२७ असोज, धनगढी । नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारविरुद्ध ‘बागी’ दिएकाहरुलाई कारबाही गरिएको हो । बैतडीमा कांग्रेसले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको जनाएको छ ।

कांग्रेस महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई कांग्रेसले कारबाही गरेको हो । उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएको बताइएको छ ।

उनीहरुका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरिने जनाइएको छ । बारबाहीमा परेका चन्दले गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन ।

यस्तै प्रदेश सभा क्षेत्र (१) मा प्रदेश सभा सदस्यका लागि हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...