
२ कार्तिक, धनगढी । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।

कैलालीमा डेङ्गुको संक्रमण फैलिएका बेला नगर प्रमुख हमाललाई पनि संक्रमण देखिएको हो । नगर प्रमुख हमालको नीजि सचिवालयका अनुसार उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेशबुक मार्फत डेङ्गु संक्रमण पुष्टि भएकाले उप–महानगरपालिकाको काम प्रभावित हुने बताएका छन् ।
चिकित्सकको सल्लाह बमोजिम उपचार र आराम गर्ने उनले बताएका छन । नगरवासीलाई पनि संक्रमणबाट जोगिन नगर प्रमुह हमालले आग्रह गरेका छन ।
