सामाजिक सुरक्षा कोषले गर्‍यो धनगढीको नवजीवन अस्पताललाई सम्मान

cp new add
Nisharg hospital

धनगढी। धनगढीस्थित नवजीवन अस्पताल प्रालिलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ। सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा नवजीवन अस्पताललाई सम्मान गरिएको हो।

Nast Ad

निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएका स्वास्थ्य संस्थामध्ये सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी योगदानकर्तालाई गुणस्तरीय सेवा प्रदान गरेको आधारमा नवजीवन अस्पताललाई सम्मानपत्र प्रदान गरिएको हो।

कोषले स्वास्थ्य सेवा प्रवाहमा नवजीवन अस्पतालले देखाएको प्रतिबद्धता, समयमै सेवा उपलब्ध गराएको र सामाजिक सुरक्षा भुक्तानीप्राप्त योगदानकर्ताहरुलाई सहज र प्रभावकारी स्वास्थ्य सुविधा प्रदान गरेको भन्दै प्रशंसा गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले अस्पताललाई सम्मानपत्र प्रदान गरेका थिए। यस सम्मानले नवजीवन अस्पताललाई स्वास्थ्य सेवा क्षेत्रमा अझ जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...