कैलालीमा डेङ्गु नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न उपमहानगरको निर्देशन

cp new add
Nisharg hospital
suchana

२ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले डेङ्गु रोग संक्रमणको खतरा पुन, बढ्न सक्ने भन्दै लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै १९ ओटै वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

सूचनामा घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टेले लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थानहरु सफा पानी जम्न सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरहरु आदि पहिचान गरी डेङ्गु रोग गराउने लामखुट्टेको लार्भा खेज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न भनिएको छ


अभियानमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवि, आमा समूह, वडा क्लव परिचालन गरी सञ्चालन गर्न पनि भनिएको छ ।

असोज २० देखि २३ गतेसम्म परेको निरन्तरको अविरल वर्षाका कारण न्यून भएको डेङ्गु रोगको संक्रमण पुन , फैलिने सक्ने खतरा बढेको उपमहानगरपालिकाले जनाएको छ ।

डेङ्गुको लार्भा बढेकाले सबैलाई सचेत रहन पनि आग्रह गरिएको छ । यसअघि उपमहानगरपालिकाले भाद्र २३ गतेदेखि २७ गतेसम्म धनगढीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूसहित वडाका टोलटोलमा डेङ्गुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...