कञ्चनपुरमा चोरी मुद्दाका दुई फरार प्रतिवादी

cp new add
Nisharg hospital

महेन्द्रनगर । चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत कञ्चनपुरको २०८२ पुस ३ गतेको फैसला अनुसार चोरी मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएका लालझाडी गाउँपालिका–३ बल्मी निवासी २१ वर्षीय रोशन राना तथा लालझाडी गाउँपालिका–५ देखतभुली निवासी २१ वर्षीय सोलेमान रानालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...