आजको मौसम: देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

cp new add
Nisharg hospital

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Nast Ad

दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...