बझाङ जीप दुर्घटनाः गम्भीर घाइतेलाई सेनाको हेलीकप्टर नेपालगञ्ज लैजादै

cp new add
Nisharg hospital

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा बोलेरो जीप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Nast Ad

घाइतेको उद्दारका लागि शनिबार नै सदरमुकाम चैनपुर आएको नेपाली सेनाको हेलीकप्टरले ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पालैपालो दुई÷दुई जना गरेर हेलीकप्टरले नेपालगञ्ज लगिरहेको छ । नेपालगञ्ज लगिनेमा दुर्गाथली गाउँपालिका–६ बस्ने रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, रामबहादुर महता र केदास्युुँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन् । उनीहरुलाई उद्दार गरेर राति जिल्ला अस्पताल पुगाइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको हो । उनीहरुलाई शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुुर्गाथली गाउँपालिकातर्फ जादै गरेको सुपप्र ०१००१ च २६६४ नम्बरको जिप केदास्युँ–७ मा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

घाइतेको उद्दार गर्न नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ आएको थियो तर खराब मौसमका कारण अवतरणमा समस्या भएपछि सदमुकाम ल्यान्ड गरेको थियो । घाइतेहरुलाई अबेर राति मात्र उद्दार गरि एम्बुुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...