
सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मदिरापानप्रति निरुत्साहित गर्ने उद्देश्यले नयाँ आचारसंहिता जारी गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीको आचरणसम्बन्धी व्यवस्था गरिएको छ।
उक्त व्यवस्थाअनुसार कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्न वा गराउन पाउने छैनन्।
आचारसंहितामा कर्मचारीले पूर्वस्वीकृति नलिई कुनै पनि व्यक्ति वा संस्थाबाट कुनै प्रकारको उपहार वा आतिथ्यता स्वीकार गर्न नपाइने उल्लेख छ। साथै, आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन नहुने व्यवस्था पनि गरिएको छ।

