कैलालीमा ६ वर्ष कैद तोकिएका अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा अपहरण तथा बन्धक मुद्दामा जिल्ला अदालत फरार प्रतिवादी पक्राउ परेका छन्।

Nast Ad

प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका–३, कुचैनी निवासी ३३ वर्षीय जितबहादुर चौधरीलाई आइतबार उनकै घरबाट पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला अदालत कैलालीको फैसलाअनुसार अपहरण तथा बन्धक मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएको थियो। फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...