कञ्चनपुरमा बाघको आक्रमणबाट महिला घाइते

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

Nast Ad

उपाध्याय आइतवार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्दार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुगाइएको छ ।

उपाध्यायको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...