डेंगुका संक्रमणबाट प्रदेशमन्त्री तथा उम्मेदवारको निधन

Nisharg hospital

२३ कात्तिक, विराटनगर । मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा १ का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ ।

मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए । बुधबार बिहान १०ः ३० बजे उनको निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।

Navjiwan hospital adv

मंगलबार राति १०ः ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो । असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका उनी असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई नोबेलमा उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित एम्स अस्पताल लगिएको थियो । एम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले जानकारी दिए ।

कट्वालका अनुसार थापालाई क्याप्सिका निमोनिया पुष्टि भएको र अहिले बेडरेस्टको लागि अस्पतालमै राख्नुपर्ने डाक्टरको सुझाव पछि उनलाई एम्स अस्पतालबाट सोमबार नोबेल अस्पताल ल्याइएको थियो । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा लाई उनको निर्वाचन क्षेत्रमा आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन ।

२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । त्यसपश्चात् ०७४ सालमा कांग्रेसबाट प्रदेशसभामा समानुपातिक कोटाबाट आएका उनलाई यो निर्वाचनमा प्रत्यक्ष लडेर चुनाव जित्ने उनको इच्छा थियो ।

गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थापालाई यसपटक एमालेका उम्मेद्वार दिलिप राईले चुनौती दिइरहेका थिए । यसअघि सो क्षेत्रबाट एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका सूयर्माराज राई विजयी भएका थिए । थापाका श्रीमती र एक छोरा छन ।

 

याे पनि हेर्नुस्
Loading...