एकीकृत समाजवादी सुदूरपश्चिमका पूर्व अध्यक्ष शाहीद्वारा पार्टी परित्याग

cp new add
Nisharg hospital
suchana
Nast new

९ भदौ, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका निवर्तमान सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष बिक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘२०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछि लाग्ने मा म पनि थिए,’ शाहीले लेखेका छन्, ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो । त्यस बाफत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।’

नेकपा एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीले शाहीलाई सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाएको थियो तर उनको भूमिका राम्रो नदेखिएको भन्दै अध्यक्ष नेपालले डोटीका हर्क सिंहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...