गठबन्धनले चुनाव नजिते जनता ६ महिना जेल जान्छन् : बलायर

cp new add
Nisharg hospital
suchana

२५ असोज, कैलाली । कैलाली क्षेत्र न.४ बाट गठबन्धन प्रतिनिधीसभाका उम्मेदवार वीर बहादुर बलाएरले अहिलेको गठबन्धन सफल नभए ६ महिनापछि जेल जाने दिने आउने बताएका छन ।

’याद गर्नु होला यो गठबन्धन असफल भयो भने ६ महिना पछि जेल जाने दिन आउन सक्छ,’ आज अत्तरियामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,’ जेल जाने दिन फेरी आउन सक्छ । यदी २०७२ को संबिधान च्यातियो भने बर्तमान देशको राजनितीले नयाँ संबिधान लेख्ने ताकत राख्दैन । गठबन्धन नभएको भए अहिले चुनाव हुन्थ्यो र ओलीले अस्ती सकि सक्थे । त्यसैले गठबन्धनको महत्व धेरै छ ।’

बलायरले बर्तमान संबिधानको कारण महिला मधेशी थारु सबैले निर्बाचनमा उम्मेदवार बन्न पाएको जिकिर गर्दै, यो निर्बाचनमा काँग्रेसले मात्रै खुट्टा बलियो गरी टिकाउने हो भने कुनै ताकतले गठबन्धनलाई रोक्न नसक्ने ठोकुवा गरेका छन् । अहिले केही नपाएर प्रदेश राजधानीको कुरा बिपक्षीहरुले चर्चामा ल्याएको आरोप समेत लगाए ।

’२०५३ सालमा स्थायी राजधानी घोषणा हुदा, मैले के भनेको हो भने तपाईंहरुले भन्नुस न ति राजधानी को बिरोधी हो मैले के भन्या छु मैले कहाँ छ राजधानी भनेको हो स्थायी त यँहा हो ,धनगढी त डेरामा छ । त्यो बेला म दिपाएलमा थिए । मैले पनि दिपाएल नै मागेको हो । तर मेरै पालामा उँहाका हरुले राजधानी लगेर गए , राजधानी बेचुवा भन्ने उताका त्यस्तो भन्ने मैले कहाँ छ त राजधानी भनेर खोज्दा धनगढी बाट अहिले सरी सक्यो अहिले डेरामा छ भन्ने ,’ उनले भने ।

उनले डोटीबाट आफु यँहा आउन परेको कारण को बारेमा चर्चा गर्दै अब आफु कैलाली –४मा नै राजनितिक रुपमा स्थापित हुन चाहेको बताए । ।

म डोटीबाट अहिलेको राजनितिक परिस्थितीको कारण यँहा आएको हुँं , गठबन्धनको कारण आएको हुँं तर म हिजो यही माटोबाट जेल पनि गएको पनि त हो नि बलाएरले भने ,’ म प्रदेशको सभापती पनि हो दार्चुलाबाट पनि लडन सक्छु नि । तर अब तल माथि उमेरको कारण पनि गर्न सक्ने अबस्था छैन । जन्म थलो हो डोटी गएको गयै गर्ने हुँं , तर राजनितिक रुपमा म यही बस्छु । सकिएन भने नयाँ पुष्तालाई अगाडी सार्छु ।’

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...