कैलालीमा बेवारिसे भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असार २६ गते खटिएको प्रहरी टोलीले सामुदायिक वनभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको हो।

बरामद गरिएको बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...