कञ्चनपुरमा ७ ग्राम ब्राउनसुगरसहित युवक पक्राउ, पेटभित्र लुकाएका थिए

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा ७ ग्राम लागूऔषध खैरो हेराइनसहित एक युवकलाई पक्राउ गरिएको छ ।

Nast Ad

भारतबाट नेपालतर्फ पेटभित्र लुकाएर ल्याइरहेको अवस्थामा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट नियन्त्रणमा लिइएको हो । उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा प्रारम्भिक चेकजाँच गरेको थियो ।

तर, कुनै लागूऔषध फेला नपरेपछि उनले पेटभित्र वा शरीरको गोप्य भागमा लागूऔषध लुकाएर ल्याएको आशंकामा महाकाली प्रादेशिक अस्पतालमा निगरानीमा राखिएको थियो ।

अस्पतालमा निगरानीका क्रममा शुक्रबार बिहान उनले दिसा गर्दा कालो प्लास्टिकमा प्याक गरिएका नौ वटा प्याकेट फेला परेका थिए । तौल गर्दा उक्त पदार्थ ७.७५ ग्राम खैरो हेराइन रहेको पुष्टि भएपछि प्रहरीले बरामद गरेको हो ।
उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...