
कैलाली ।कैलालीमा लोडर दुर्घटना हुँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ । जानकी गाउँपालिका–७, चिलिम चौराहास्थित पानी बोक्ने लोडर अनियन्त्रित भएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ स ५४३९ नम्बरको पानी बोक्ने लोडर शुक्रबार राति दुर्घटना हुँदा टीकापुर नगरपालिका–१, बनगाउँका १५ वर्षीय लक्ष्मण घर्ती मगर गम्भीर घाइते भएका थिए।
घाइते मगरलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
लोडरमा चालकसहित चार जना सवार रहेका थिए। दुर्घटनापछि अन्य तीन जना र लोडरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

