दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट खसेकी युवतीको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ काण्डापारीमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।

Nast Ad

मृत्यु हुनेमा स्थानीय प्रकाश ठगुन्नाकी श्रीमती १९  वर्षीया ललिता ठगुन्ना रहेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गाैरव महतका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे घरबाट करिब ३ किलोमिटर टाढा रहेको खरफागलामा घाँस काट्ने क्रममा उनी करिब ३०० मिटर तल भिरमा खसेर घाइते भएकी थिइन्।

घाइते ठगुन्नालाई आफन्तले उपचारका लागि गोकुलेश्वर अस्पताल, दार्चुला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनास्थलमा थप अनुसन्धान तथा मुचुल्कालगायतका प्रक्रिया पूरा गर्न प्रहरी टोली खटाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। भिरबाट लडेर घाँस काट्ने क्रममा महिलाको मृत्यु हुने घटना सुदूरपश्चिमका पहाडी जिल्लामा बारम्बार हुने गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...