
धनगढी । चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय राजकुमार कठायत पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई सोमबार साँझ धनगढी–३ मिलनचोकबाट पक्राउ गरेको हो।

